एपीएफको राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

  जेठ २१, २०८०

काठमाडौँ, २१ जेठ : सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आजदेखि ‘१६औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०८०’ सुरु भएको छ ।

यही जेठ २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व कृष्णमोहन श्रेष्ठको स्मरणमा आयोजना भइरहेको यस प्रतियोगिताले देशभर छरिएर रहेका प्रतिभावान खेलाडीहरुलाई एकीकृत गर्दै खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले मानव जीवनमा स्वस्थ शरीर एवं मस्तिष्क कायम राख्न खेलले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुहुँदै कुनै पनि खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल भावना र अनुशासित भएर जीत हासिल गरेमा उसलाई हेर्ने दृष्टिकोण सदैव सकारात्मक हुने बताउनुभयो ।

कूल पुरस्कार राशि रु आठ लाख ६५ हजार रहेको प्रतियोगितामा १० वटा इभेन्ट्सहरु समावेश गरिएको छ । जसमा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, १२ वर्षमुनिका केटा, १९ वर्षमुनिका केटा, भेट्रान्स युगल ४५र५५ वर्ष, मिक्स डबल्स र मास्टर युगल ३५ वर्ष माथिलगायत रहेको छ ।

प्र्रतियोगितामा आज पुरुष एकल, पुरुष युगल, १२ वर्षमुनिका केटा, १९ वर्षमुनिका केटा र मिक्स डबल्स इभेन्ट्सका पहिलो चरणको खेलहरु खेलाइएको थियो ।

तपाईको प्रतिक्रिया