भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाइँदै

  जेठ ०८, २०८०

काठमाडौँ, ८ जेठ : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू माथिको अनुसन्धान प्रतिवेदन आज बुझाईदैछ ।

जिल्ला प्रहरी कार्यालयले हालै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूमाथि गरिएको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ असुली गर्ने प्रयासमा कम्तीमा ३२ जना संलग्न रहेको निष्कर्षका साथ आज प्रतिवेदन बुझाउन लागिएको हो ।

सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पूर्व मन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतलाई पक्राउ गरी झन्डै दुई महिनादेखि जारी अनुसन्धानको प्रारम्भिक प्रतिवेदन बुझाउन लागेको प्रहरीले जनाएको छ ।

आइतबार नै बुझाउने भनिए पनि कागजातका अपुग भएपछि आज बुझाउन लागिएको हो ।

 

तपाईको प्रतिक्रिया