स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

  जेठ ०६, २०८०

काठमाडौँ, ६ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६ औँ महासभामा भागलिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ । उहाँका साथमा मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटासहित छ जना हुनुहुन्छ ।

यही जेठ ७ गतेदेखि १६ गते मे २१ देखि ३० गतेसम्म हुने सभामा डब्लुएचओको नीति निर्धारण गर्ने, वित्तिय नीतिको सुपरिवेक्षण गर्ने, र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने जनाइएको छ । रासस

तपाईको प्रतिक्रिया