हिरासतमा रहेका पूर्वसभासद आङटावा शेर्पाको टाउकोमा कसरी लाग्यो गम्भीर चोट ?

  जेठ ०२, २०८०

काठमाडौं, २ जेठ : नक्कली भुटानी शरणार्थी प्रकरणमा सोमबार साँझ पक्राउ परेका पूर्वसभासद आङटावा शेर्पाको टाउकोमा प्रहरी हिरासतमै गम्भिर चोट लागेको छ।

प्रहरी परिसर काठमाडौंको हिरासतम रहेका शेर्पाको टाउकामा गम्भीर चोट लागेपछि उनलाई उपचारका लागि ट्रमा सेन्टरमा लगीएको थियो। उनलाई अहिले फेरी हिरासतमै फर्काइएको प्रहरीले जनाएको छ।

प्रहरीको नियन्त्रणमा रहेका शेर्पालाई कसरी चोट लाग्यो अहिलेसम्म खुलेको छैन। भुटानी शरणार्थीका नाममा ठगी गरेको आरोपमा अदालतबाट उनीविरुद्ध पनि शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो।

त्यसपछि फरार भएका शेर्पा सोमवार साँझ आत्मसर्मपण गरेका थिए । ।
हिरासतमा रहेका अभियुक्तसँग भेटेर उनले कांग्रेस नेता बालकृष्ण खाँणको नाम नलिन दवाव दिएको सूचना वाहिर आएको थियो । पीडितको रकम फिर्ता गरिदिने भन्दै खाँणको नाम नपोल्न उनले दबाब दिंदै आएका थिए ।

आंकेटवामाथि नक्कली तिब्बतिएन बनाएर नेपालीहरुलाई अमेरिका पठाएकोसमेत आरोप छ ।

तपाईको प्रतिक्रिया