‘बडिबिल्डर’ खेलाडी सम्मानित

  जेठ ०१, २०८०

काठमाडौँ, १ जेठ : नेपाली महिला र पुरुष तीनजना अन्तर्राष्ट्रिय खेलाडीलाई उहाँहरुले पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको छ ।

यसरी सम्मानित हुनेमा निर्मला महर्जन ९पहिलो नेपाली महिला अन्तर्राष्ट्रिय ‘बडिबिल्डर’ तथा तेक्वान्दो खेलाडी, भगवती खड्का पहिलो महिला ‘रेस्लर’ र उमेश राई बडिबिल्डर तथा सर्वाधिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता हुनुहुन्छ । साथै सोही कार्यक्रममा विकास खड्गी युवा उद्यमी आनन्द राई सङ्गीतकार र जेसिका चेम्जोङ समाजसेवी अभिनन्दन गरिएको थियो ।

बागमती प्रदेशसभा सदस्य रमा आलेमगर र चन्द्र्रागिरि चेम्बर अफ कमर्शका अध्यक्ष रामनारायण घिमिरेले अधिवाह नेपाल नामक सामाजिक संस्थाद्वारा आयोजित कार्यक्रममा उहाँहरुलाई सम्मान एवं अभिनन्दन गर्नुभयो ।

सो अवसरमा प्रदेशसभा सदस्य आलेमगरले आर्थिक समृद्धि हासिल गर्न सामूहिक प्रयत्नको खाँचो आँैल्याउँदै यस्ता कार्यक्रममार्फत राष्ट्रिय व्यक्तित्वको थप पहिचान हुने बताउनुभयो । अध्यक्ष घिमिरेले भन्नुभयो, “चन्द्रागिरि चेम्बर अफ कमर्शले उद्यमीका समस्या सम्बोधन गर्न विभिन्न काम गरिराखेको छ ।”
रासस

तपाईको प्रतिक्रिया