काठमाडौं, ५ वैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद विना जैसवालले प्रतिनिधिसभा बैठकमा हिन्दू राष्ट्र माग्दै गायन्त्री मन्त्र वाचन गर्नुभएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले हिन्दू राष्ट्र माग्दै गायत्री मन्त्र वाचन गर्नुभएको हो ।
उहाँले देश र जनताप्रति इमानदार र निष्ठावान् बन्न सदनमा ईश्वरको नाममा शपथ खान सकिन्छ भने देशको वातावरण सुधार होस् भ्रष्टाचार कम होस् भनेर भन्न पाइने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आइ स्ट्रोङली विलिभ इन अल द रिलिजन आर सेम । इन फ्याक्ट माइ ड्यु रेस्पेक्ट अल द रिलिजन बट माई रिलिजन इज माई प्राइड । कुनैपनि धर्ममा भेद छैन, मान्छेको मनमा भेद छ । सर्वधर्म सम्पन्न हिन्दू राष्ट्र नेपाल कायम होस, जय श्रीराम ।’