काठमाडौँ,फागुन १२ : सन्दीप लामिछाने राष्ट्रिय टिममा रहेर भोलि यूएइ भ्रमणमा जान नपाउने भएका छन् । सन्दीपले विदेश भ्रमणको प्रतिवन्ध फुकुवा गर्न माग गर्दै दिएको निवेदनमा आज अदालतले आज निर्णय नलिएपछि सो सम्भावना टरेको हो ।
सन्दीपले गरेको पुनरावेदनको अर्को पेसी आइतबारलाई तोकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइको क्रममा सरकारी पक्ष र सन्दीप दुवैको पुनरावेदनको निवेदन अग्राधिकारसहित एकै ठाउँमा राखेर आइतबार सुनुवाइ गर्ने आदेश भएको छ ।
उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको थियो जसले गर्दा यूएईमा खेल्न जाने नेपाली राष्ट्रिय टीममा उनी समावेश छैनन् । सन्दीपले उक्त रोक हटाएर आफूलाई यूएई जाने अनुमति दिन निवेदनमा आग्रह गरेका छन् ।
यता सरकारी वकिल पक्षले पाटन उच्च अदालतको धरौटीमा छाड्ने आदेशविरुद्ध दर्ता गरेको पुनरावेदनको आजको सुनुवाइ भने हेर्न नभ्याइनेमा परेको छ ।