गोलबजार, माघ १३ :घुर ताप्ने क्रममा आगोले जलेकी मिर्चैया नगरपालिकाकी ४० वर्षीया सुमारी यादवलाई थप उपचारको लागि किर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको छ ।
एक साताअघि घुर ताप्ने क्रममा आगलागीबाट घाइते भई मिर्चैया अस्पतालमा रहेकी यादवलाई थप उपचारको लागि मिर्चैया नगरपालिकाले ५० हजार नगद र किर्तिपुर बर्न अस्पताल पु¥याउन निःशुल्क एम्बुलेन्स सेवा दिएको थियो । नगरपालिकाअन्तर्गत स्वास्थ्य शाखा प्रमुख विजयकुमार महतोले २५ हजार नगद सहयोग गरेको जनाइएको छ ।
मिर्चैया अस्पतालका मेसु डा सारीका गोइतले यादवको कम्मरदेखि तल्लोभाग ८० प्रतिशत जलेर घाउ भएकाले थप उपचारको लागि काठमाडौँ लगिएको बताउनुभयो । आगलागी हुनुभन्दा दुई दिन अगाडि उहाँको छोरा अशोकको सडक दुर्घटनामा मृत्यु भएको थियो ।