इन्द्रायणी पार्क (काठमाडौँ), पुस ३० : गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले सहकारीले सहकार्य र समन्वय बढाउन महत्वपूर्ण सहयोग पुगेको बताउनुभएको छ ।
गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष सुवेदीले सहकारी संख्या जीवन ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष सुवेदीले सहकारीको एकताको ऊर्जालाई संस्थानको विकाससमा लगाउन पनि आग्रह गर्नुभयो ।
यसैगरी, संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले सहकारीले देशको समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउनका साथै नेतृत्व विकास र सामाजिकीकरणमा पनि सहयोग पु¥याएको उल्लेख गर्नुभयो ।
महाप्रबन्धक ऐरीले भन्नुभयो, ‘सहकारीले आयव्ययको मात्रै ज्ञान सिकाउँदैन, यसको सामाजिक रुपान्तरणमा पनि सहयोग पु¥याएको छ ।’
संस्थान सञ्चालक समितिका सदस्य तथा सहकारीका पूर्व अध्यक्ष राजुकुमार महतले सहकारीका प्रतिवेदनहरुमाथि गहन छलफल गरेर पारित गर्नु राम्रो हुने सुझाव दिनुभयो ।
कार्यक्रममा कार्यकारी अध्यक्ष सुवेदी र महाप्रबन्धक ऐरीले सहकारीमा आवद्ध सदस्यका उत्कृष्ट अंक ल्याउने छोराछोरीलाई नगद पुरस्कारबाट सम्मानित गर्नुभयो ।
सम्मानित हुने मेधावी विद्यार्थीहरुमा निरज यादव, मृदुला ढुंगाना, प्रजित शाक्य, अभिजोन ढुंगाना, स्पन्दन उपाध्याय, निरु श्रेष्ठ र सुविज्ञ कार्की हुनुहुन्छ ।
सहकारीका अध्यक्ष दीपक पौडेलले आफ्नो चारवर्षे कार्यकालमा गरेका कार्यहरुको विवरण प्रस्तुत गर्नुुभयो ।
दुई लाख ६० हजार ७४६ रुपियाँ नाफा
यसैगरी, सचिव विमला घिमिरे, कोषाध्यक्ष इन्दिरा पाण्डे र अमिरमैयाँ रञ्जितले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कुल ३८० सदस्य रहेको यस सहकारीमा असार मसान्तसम्म एककरोड ५९ लाख बचन संकलन भएको छ ।
त्यस्तै एक करोड ९४ लाख लगानी गरेको र दुई लाख ६० हजार ७४६ रुपियाँ नाफा आर्जन गरेको छ ।
अध्यक्ष जोशीको नेतृत्वमा कार्यसमिति चयन
सहकारीको चारवर्षको लागि पुष्पराज जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।
उपाध्यक्षमा वसन्ता मल्ल शर्मा र नन्दलाल तिवारी, सचिवमा विमला घिमिरे, कोषाध्यक्षमा माया आचार्य निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा बोमबहादुर खड्का, कृष्णप्रसाद भण्डारी , श्यामकुमार थापा, विनोद अर्याल, यशोदा खनाल र प्रकाश मैनाली रहनुभएको छ ।
लेखा सुपरिवेक्षण समितिमा राधा चालिसे संयोजक र अमिरमैया रन्जित र लालबहादुर कुमार सदस्य हुनुभएको छ ।
निर्वाचन समितिका संयोजक जयदेव भट्टराईले प्रमाणपत्र प्रदान गर्नुभयो । नवनिर्वाचित अध्यक्ष जोशीले सबैसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्रोत : गोरखापत्र अनलाइन