काठमाडौं, कात्तिक २५ : नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहितकुमार पौडेललाई नियुक्त गरेको छ । शुक्रबार क्यानले रोहिलाई कप्तानको जिम्मेवारी दिएको हो ।
बलात्कारको आरोप लागेपछि निलम्बनमा परेका कप्तान सन्दीप लामिछाने अहिले पुर्पक्षका लागि कारागारमा छन् । शुक्रबार क्यानले उपकप्तान पौडेललाई कप्तानको जिम्मेवारी दिएको हो ।
रोहितको कप्तानीमा नेपालले पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ । घरेलु मैदानमा युएईसँग उक्त सिरिज नोभेम्बर १४ बाट हुनेछ ।