‘आर्थिक वृद्धिका लागि मधेसमा कृषिको विकास हुनुपर्ने जोड’

  कार्तिक २१, २०७९

राजविराज, कात्तिक २१ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशमा आर्थिक वृद्धिका लागि मधेसमा कृषिको विकास हुनुपर्ने बताउनुभएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ महुवामा आज साँझ घरदैलो तथा कोणसभामा उहाँले मधेसमा कृषि क्षेत्रमा विकास गरेमा खाद्यान्नको अभाव नहुने भन्दै किसानलाई सरकारले समयमा खाद्य मल उपल्बध गराउनुपर्ने बताउनुभयो ।

भैरहवामा खाद्य उद्योगका लागि उद्योग खोल्ने तयारी भइरहेको जानकारी दिँदै खेतीको समयभन्दा अगाडि नै विदेशबाट सम्झौता गरेर भए पनि मल ल्याउनुपर्ने उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया