अन्तर्राष्ट्रिय नौका दौड प्रतियोगिता इजरायलमा सुरु

  कार्तिक ०७, २०७९

जेरुसेलम, कात्तिक ७ : इजरायलमा अन्तर्राष्ट्रिय नौका दौड प्रतियोगिता सुरु भएको छ । राष्ट्रपति इसाक हर्जोगको उपस्थितिमा आइतवार साँझ इजरायली गाउँ डटयाम उक्त प्रतियोगिताको उद्घाटन गरिएको हो ।

यो वर्षको प्रतियोगितामा पहिलोपटक मिश्रित जोडी मात्र समावेश गरिएको । आगामी वर्ष पेरिसमा हुने ओलम्पिक प्रतियोगिताको पूर्व तयारीका रूपमा प्रतिस्पर्धीले यो प्रतियोगितालाई लिएका छन् । नौका दौड सोमबार सुरु हुनेछ र शनिबार समापन हुनेछ ।

प्रतियोगितमा २० देश र क्षेत्रका ६० मिश्रित जोडीले भाग लिएका छन् ।प्रतियोगितामा शीर्ष नाविक बेलायतकी ओलम्पिक च्याम्पियन इलिड म्याकइन्टायर पनि सहभागी छन् । उनले टोकियोमा हन्ना मिल्ससँग मिलेर स्वर्ण पदक जितेकी थिइन् । यसपटक उनले मार्टिन रिग्लीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

अर्का वरिष्ठ प्रतिस्पर्धी स्वीडेनका एन्टोन डहलबर्ग छन् । उनले टोकियोमा पुरुषतर्फको रजत पदक र पोर्चुगलमा २०२१ विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए । डहलबर्गले लोभिसा कार्लसनसँग सहकार्य गर्नेछन् । त्यसैगरी गत वर्ष प्याट्रिसिया क्यानटेरोसँगै स्वर्ण जित्ने स्पेनिस विश्व च्याम्पियन सिल्भिया मासले हालको मिश्रित च्याम्पियनसिपमा निकोलस रोड्रिग्वेजसँग प्रतिस्पर्धा गर्नेछन् ।

तपाईको प्रतिक्रिया