काठमाडौँ, भदौ ६ : काठमाडौँ खेल मण्डल (केकेएम)-न्यूरोड टिम (एनआरटी) का हिमाल विष्ट र एपिएफकी वियन्का राईले केकेएम-एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा आज स्वर्णपदक जितेका छन् ।
यु–१९ जुनियर सिंगल्सको ब्वाइजमा हिमाल र गल्र्समा वियन्का पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज भएको ब्वाइज फाइनलमा हिमालले कान्तिपुर भ्याली पिङपोङ क्लबका विशाल गोलेलाई ११–६, ७–११, ११–६ र ११–७ को सेटमा पराजित गरे । केकेएम÷एनआरटीका धनञ्जय दाहाल र एपीएफका रुविन महर्जन तेस्रो भए ।
गल्र्सको उपाधि भिडन्तमा वियन्काले मोर्डन कलेजकी दिया देउलालाई १२–१०, ८–११, ११–७ र ११–८ को सेटमा हराए । नेपाल आर्मीकी सुस्मिता खड्का र केकेएम÷एनआरटीकी अञ्जु सुवालले कांस्य हात पारे । प्रतियोगितामा परुष महिला, क्याडेट, जुनियर ब्वाइज र जुनियर गल्सलगायतको विधामा प्रतिस्पर्धा भइरहेको छ ।