काठमाडौं, भदौ २९ : नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयले बुधबारबाट सर्वसाधाणका लागि नयाँ नोट वितरण सुरु गरेको हो ।
राष्ट्र बैंकका सूचना अधिकारी नाराणप्रसाद पोखरेलका अनुसार केन्द्रीय कार्यालयबाट नयाँ नोट दिन सुरु गरिएको हो ।
एक व्यक्तिले पाँचदेखि एक सय दरका एक एक प्याकेट गरेर १८ हजार ५०० रुपियाँसम्म नयाँ नोट साट्न पाउने छन् ।
यस पटकको दशैंमा १० अर्ब नयाँ नोट सटही गर्ने नेपाल राष्ट्र बैँकले जनाएको छ ।