ओपेकले अक्टोबरदेखि दैनिक एक लाख ब्यारेलले उत्पादन कटौती गर्ने

  भदौ २०, २०७९

भियना, भदौ २० : पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको सङ्गठन (ओपेक) र यसका सहयोगीहरू, ओपेक समूहले सोमबार मन्दीको डरले हालै घटेको तेलको मूल्यलाई बलियो बनाउन अक्टोबरमा उत्पादन थोरै कटौती गर्ने घोषणा गरेको छ ।

तेल गठबन्धनले आफ्नो सेप्टेम्बरको तुलनामा अक्टोबरमा प्रति दिन एक लाख ब्यारेलले उत्पादन कटौती गर्ने निर्णय गरेको छ । ओपेक र गैर-ओपेक मन्त्रीस्तरीय ३२औं बैठकपछि जारी गरिएको विज्ञप्तिमार्फत सो बारे जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया