डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्यो

  भदौ १६, २०७९

काठमाडौं, भदौ १६ : नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ६ रुपैयाँले बढाएको छ । बिहीबार साँझ आयल निगमले विज्ञप्ति सार्वजनिक गर्दै डिजेल र मट्टीतेलको मूल्य बढाएको हो ।

अब डिजेल र मट्टीतेलको मूल्य लिटरको १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७२ रुपियाँ थियो । पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

तपाईको प्रतिक्रिया