उपाध्यक्ष पन्थद्वारा एक लाख सहयोग

  साउन १४, २०७९

दमौली, साउन १४ : गैरआवासीय नेपाली सङ्घ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले बुवाको जन्मदिनमा टोल विकास संस्थालाई आर्थिक सहयोग गर्नुभएको छ ।

तनहुँको व्यास नगरपालिका–१२ स्थित कमलाबारी टोल विकास संस्थालाई पन्थले रु एक लाख पाँच सय आर्थिक सहयोग गर्नुभएको हो । आफ्ना बुवा चिरञ्जीवी पन्थको जन्मदिनका अवसरमा पन्थले आज उक्त रकम हस्तान्तरण गर्नुभएको हो । सामाजिक काममा सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको वरिष्ठ उपाध्यक्ष पन्थले बताउनुभयो ।

पन्थले पछिल्लो समय सामाजिक कामलाई तीव्रता दिँदै आउनुभएको छ । पन्थले यसअघि जिल्लामा बाढी, पहिराबाट पीडित भएकालाई पनि सहयोग गर्नुभएको थियो । भूकम्पको समयमा पन्थकै सक्रियतामा अमेरिकाबाट रु सात लाख सङ्कलन गरी हस्तान्तरण गरिएको थियो ।

पन्थले व्यास नगरपालिका–५ स्थित पराशर आश्रममा रु एक लाख ५० हजार सहयोग गर्नुभएको थियो । उहाँले व्यास नगरपालिका–१२ सिद्धेश्वरी माविलाई रु ८५ हजार, तनहुँ उद्योग वाणिज्य सङ्घ कोभिड कोषलाई रु ५० हजार सहयोग गरिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया