हेलसिन्की, साउन १२ : फिनल्यान्ड युरोपेली संघ डिजिटल कार्यसम्पादनमा पहिलो स्थानमा रहेको फिनल्याण्ड सरकारले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
युरोपेली आयोगको वार्षिक डिजिटल इकोनोमी एन्ड सोसाइटी इन्डेक्सको तुलनामा अधिकतम अङ्क १०० रहेको छ जसमा फिनल्याण्डले यस वर्ष ६९.६ छ प्राप्त गरेको छ । इयुको औसत ५२. ३ रहेको छ। फिनल्याण्डले डेनमार्क, नेदरल्याण्ड र स्वीडेनलाई पछि पार्दै पहिलो स्थानमा परेको हो ।
सन् २०१४ देखि इयुले सदस्य राष्ट्रहरूको डिजिटल कार्यसम्पादनको अनुगमन गर्ने गरेको छ। फिनल्याण्ड २०१९ र २०२० मा पहिलो र २०२१ मा दोस्रो स्थानमा रहेको थियो भने धेरै वर्षदेखि सूचीको शीर्ष स्थानमा रहेको छ।
यसबाट फिनल्याण्डले ‘डिजिटलाइजेसनको दिशामा काम प्रभावकारी रूपमा काम गरिरहेको प्रमाणित भएको छ ।
सबैको लागि दिगो भविष्य सृजना गर्न प्रविधि र सूचनाको प्रयोग भइरहेको पनि सरकारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।