काठमाडौं, असार २८ : १५ दिनदेखि लगातार सक्रिय बनेको मौसम पछिल्लो समय केही कम भएको छ । मनसुनी प्रणाली कम भएपनि सक्रिय भएकाले मंगलबार पनि देशभर बर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो देशको पहाडी भू(भागका केही स्थानहरुमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक– दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
भारी वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।