काठमाडौँ, असार ६ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रि, स्थानीय तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मूल्यवृद्धिको मारमा जनता पिल्सिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद दीपप्रकाश भट्टले त सुदूरपश्चिम प्रदेशमा चलनचल्तीमा रहेको डोट्याली भाषामा गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालनमा ल्याउन माग गर्नुभयो । उहाँले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयमा परिवर्तन गर्न स्थानीय भाषामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले सुदूरपश्चिम प्रदेशबाट पटकपटक प्रधानमन्त्री हुनुभएकामा शेरबहादुर देउवाप्रति स्थानीयवासीको ठूलो अपेक्षा रहेको बताउनुभयो ।
सांसदद्वय देवप्रसाद तिमिल्सिना र धर्मशीला चापागाईँले नागरिकताको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै सांसद देवप्रसाद गुरुङले पेट्रोलियम पदार्थमा गरिएको मूल्यृवद्धि फिर्ता लिन माग गर्नुभयो । सांसद नवीना लामाले पनि इन्धनमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न अनुरोध गर्नुभयो ।
शून्य समयमा सांसदहरू डिला सङ्ग्रौला, थममाया थापा दलबहादुर राना, दामोदर भण्डारी, नरबहादुर धाँमी, नवराज सिल्वाल, नारदमुनी राना, निरुदेवी पाल, पूर्णा कुमारी सुवेदीले देश र जनताका पक्षमा सरकारले काम गर्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।