काठमाडौँ, जेठ २१ : कान्तिपुर हाफ म्याराथनको दशौँ संस्करणअन्तर्गत पुरुषतर्फको हाफ म्याराथनमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की प्रथम हुनुभएको छ ।
एक्काइस दशमलव एक किलोमिटरको हाफ काठमाडौँ, जेठ २१ : म्याराथनमा उहाँ एक घण्टा सात मिनेट ४१ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै पहिलो हनुभएको हो ।
सोही प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी दोस्रो हुनुभयो । पार्कीभन्दा नौ सेकेन्डले पछि पर्नुभएका उहाँ एक घण्टा सात मिनेट ५० सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै दोस्रो हुनुभएको हो ।
त्यस्तै त्रिभुवन आर्मी क्लबकै खेलाडी मुकेश पाल तेस्रो हुनुभयो । उहाँ एक घण्टा आठ मिनेट ४७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो हुनुभयो । चौथो, पाँचौँ र छैटौँ पनि त्रिभुवन आर्मी क्लबकै धावक भए । गजेन्द्र राई एक घण्टा नौ मिनेट एक सेकेण्ड समय खर्चर्दै चौथो हुनभयो भने तरेन्द्रसिंह रावलले एक घण्टा नौ मिनेट १० सेकेण्ड समय लगाउँदै पाँचौँ हुनुभयो ।
त्यसैगरी खगेन्द्र भाट एक घण्टा १० मिनेट १५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै छैठौँ स्थानमा रहनुभयो । त्यसैगरी महिलातर्फको २१दशमलव एक किमिको हाफ म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईं प्रथम हुनुभएको छ । उहाँ निर्धारित दुरी एकघण्टा १९ मिनेट १० सकेण्डमा निर्धारित दुरी पूरा गर्दै पहिलो हुनुभएको हो ।
सशस्त्र प्रहरी बलकी पुष्पा भण्डारी एक घण्टा २२ मिनेट पाँच सेकेण्ड समय खर्चदै दोस्रो हुनुभयो । नेपाल पुलिस क्लबकी रोवा विष्ट एक घण्टा ३० मिनेट ४२ सकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो हुनुभयो । त्यसैगरी त्रिभुवन आर्मी क्लबकी निर्मला केसी, विन्द्रा श्रेष्ठ र गीता विक क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा रहनुभयो ।
उक्त म्याराथनको महिला तथा पुरुषमा पहिलो हुने खेलाडीले जनही रु एक लाख प्राप्त गरेका छन् भने दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ हुने खेलाडीले क्रमश ः ५० हजार, ३० हजार, २० हजार, १० हजार र पाँच हजार प्राप्त गरेका छन् । यसैगरी पाँच किलोमिटरको कर्पोरेट दौडमा विकास पोखरेल प्रथम हुनुभयो । उहाँले १७ मिनेट ४८ सेकेण्डमा निर्धारित दुरी पार गर्नुभयो ।
दौडमा शेरबहादुर थाउ दोस्रो र रितेश ओली तेस्रो स्थानमा रहनुभयो । सोही प्रतिस्पर्धाको महिलातर्फको दौडमा सनी तामाङ प्रथम हनुभयो । उहाँले २६ मिनेट ३२ सेकेण्डमा निर्धारित दुरी पार गर्नुभएको थियो । सोही प्रतिस्पर्धामा सुनिता महर्जन दोस्रो तथा लादेन प्रधान तेस्रो हुनुभयो।
कर्पोरेट दौडका पहिलो खेलाडीलाई पोखरा र दोस्रोलाई नगरकोटमा बस्ने–घुम्ने प्याकेज दिइएको छ । तेस्रो हुने खेलाडीलाई माउण्टेन फ्लाइटको टिकट उपलब्ध गराइएको छ । त्यसैगरी तीन किलोमिटरको ह्विलचियर दौडमा रमेश खत्री प्रथम हुनुभयो । उहाँ १२ मिनेट ३२ सेकेण्डमा निर्धारित दुरी पार गर्दै प्रथम हुनुभएको हो ।
सोही प्रतिस्पर्धामा प्रेमबहादुर विक दोस्रो र धनबहादुर थिङ तेस्रो हुुनुभयो ह्विलचेयरतर्फकै महिलातर्फ यामी झाँक्री मगर पहिलो र रजनी राई दोस्रो हुनुभयो । यस प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले जनही रु ३० हजार, २० हजार र १० हजार प्राप्त गरेका छन् । उक्त प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री शेरबाहदुर देउवाले गर्नुभएको थियो ।