इस्लामाबाद, पाकिस्तान, जेठ १६ : पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले खैबर पख्तुनख्वाका मुख्यमन्त्री महमुद खानलाई खाद्यान्नको उपलब्धतालाई सामान्य र सुलभ बनाउन निर्देशन दिनुभएको छ ।
चुनाबी सभालाई सम्बोधन गर्दै उहाँले राज्य सरकारले आगामी २४ घण्टाभित्र प्रति १० किलोग्राम गहुँको पीठोको मूल्य ४०० रुपैयाँ बनाउन नसकेमा यसका लागि आफूले पहल थाल्ने बताउनुभएको छ ।
आइतबार थाकारा रङ्गशालामा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “म यो प्रतिवद्धता व्यक्त गर्दछु कि यदि राज्य सरकारले खाद्यान्नलाई सुलभ तथा सस्तो बनाउन नसकेमा यसका लागि आफैंले पहल थाल्ने र जनतालाई आफ्नो निजी स्रोत र साधन बेचेर भएपनि आधारभूत खाद्यान्नलाई सस्तोमा उपलब्ध गराइनेछ ।” पूर्वप्रधानमन्त्री इमरान खानलाई लक्षित गर्दै उहाँले मुलुकलाई सबैभन्दा बढी मुद्रास्फीति र बेरोजगारीको उपहार दिएको आरोप लगाउनुभयो ।
इमरान खानको नेतृत्वमा भएको सरकारको आलोचना गर्दै खानले गरिबका लागि ५० लाख घर र १० लाख रोजगार प्रदान गर्ने प्रतिज्ञा गरे तापनि यसमा असफल भएको र देशलाई आर्थिक सङ्कटमा धकेलको आरोप शेहबाजले लगाउनुभयो ।
पाकिस्तानी अङ्ग्रेजी पत्रिका डनले प्रधानमन्त्री शेहबाजलाई उद्धृत गर्दै लेखेको छ, “म पाकिस्तानलाई समृद्धि र विकासको बाटोमा डो¥्याउनका लागि आफ्नो जीवनको कुनै प्रबाह नगर्ने तपाईंहरूसामु गम्भीरतापूर्वक घोषणा गर्दछु ।”बालोचिस्तान को चुनावी अभियानलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले शेहबाज नागरिकहरूलाई आफूमाथिको भरोसा गर्दै आफ्नो दलको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।
प्रजातन्त्र, कानुनी, असल शासनको लागि ३० देखि ३५ प्रतिशत नागरिकले आफ्नो दलको समर्थनमा मतदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । उक्त अवसरमा चुनाबी उहाँले आफ्ना पिता महम्मद शरीफ र दाजु तथा पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) पार्टीका पूर्व अध्यक्षले राष्ट्र र राष्ट्रियताका लागि गरेको योगदानसमेतको चर्चा गर्नुभएको थियो ।