बेलायतमा नेपाली फिल्म फेस्टिभल

  जेठ १६, २०७९

काठमाडौँ, जेठ १६ : थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा पाँचदिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना हुने भएको छ ।

युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण नभएका तर हलमा मात्र रिलिज भएका चलचित्रमध्येबाट दसवटालाई महोत्सवमा सहभागी गराइने थर्ड आईका प्रमुख विकास देवकोटाले बताउनुभयो ।

महोत्सव घोषणा कार्यक्रममा वरिष्ठ कलाकार नीर शाह, नायिका करिश्मा मानन्धर, निरुता सिंह, नायक सरोज खनाललगायतले शुभकामना दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया