काठमाडौं, जेठ १६ : सरकारले अन्तशुल्क, भन्सार, आयकर र मूल्य अभिवृद्धि कर सम्बन्धी नियमावलीमा संशोधन गरेको छ ।
सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकले मूल्य अभिवृद्धि कर (चौबिसौं संशोधन), नियमावली २०७९, अन्तशुल्क (तेइसौं संशोधन) नियमावली, २०७९, भन्सार (तेह्रौं संशोधन) नियमावली, २०७९ र आयकर (तेह्रौं संशोधन) नियमावली, २०७९ स्वीकृत गरेको जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठक आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।
यसैगरी, सुरक्षा मुद्रण विकास समिति (गठन) (तेस्रो संशोधन) आदेश, २०७९को दफा ६ को उपदफा (३क) बमोजिम सुरक्षा मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकास पौडेलको पदावधि एकपटकको लागि थप गरिएको छ ।
त्यस्तै, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा पदाधिकार रहेका प्रमुख कन्सलटेण्ट अब्स्टे«टिक्स एण्ड गाइनोकोलोजिस्ट डा. जागेश्वर शर्मा गौतमले दिनुभएको राजीनामा स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।