धनगढी विमानस्थल स्तरोन्नति : यी क्षेत्रको जग्गा अधिग्रहण हुने

  जेठ ०९, २०७९

धनगढी, जेठ ९ : कैलालीको धनगढी विमानस्थल स्तरोन्नतिका लागि आवश्यक जग्गा अधिग्रहणका गर्न सिमांकनको कार्य अन्तिम चरणमा पुगेको छ । धनगढी नागरिक उड्यन कार्यालय गेटाका अनुसार जग्गा अधिग्रहणका लागि चार किल्लाको सिमांकन कार्य अन्तिम चरणमा पुगेको हो ।

यस्तै धनगढी नागरिक उड्यन कार्यालय गेटाले सूचना जारी गर्दै सो क्षेत्रमा माटो नखन्न र जग्गाको स्वरुप नबिगार्न आग्रह गरेको छ । ‘माघ महिनामा गरिएको सर्भेपछि उक्त सीमानाभित्र जग्गाको माटो खनी स्वरुप बिगारिएको पाइमा मुआब्जा निर्धारणका समयमा जग्गाको मूल्यांकन गर्दा यस्ता कुराको समेत ख्याल गरी मूल्यांकन हुनसक्ने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ धनगढी नागरिक उड्यन कार्यालय गेटाले जारी गरेको सूचना उद्धृत गर्दै दिनेश खबर अनलाइमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया