नुवाकोटका १७ उम्मेदवारको शुन्य मत

  जेठ ०८, २०७९

त्रिशूली, जेठ ८ : स्थानीय तह निर्वाचन २०७९ मा नुवाकोटका केही उम्मेदवारले शुन्य मतदेखि दोहोरो अंकको मत सङ्ख्यासमेत कटाउन सकेनन् । बैशाख ३० गते भएको निर्वाचनमा जिल्लामा ६६४ पदका लागि भएको निर्वाचनमा दुई हजार एक उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

जिल्लाका दुई लाख ३७ हजार ४३४ मतदातामध्ये प्रारम्भिक तथ्याङ्कअनुसार ७० प्रतिशतले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये १७ जना उम्मेदवारले एकमत पनि पाएका छैनन् भने १२ जनाको एक–एक मत र १३ जनाले दुई–दुई मत मात्रै पाएका छन् ।

तथ्याङ्क अनुसार नुवाकोटका करीब एक सय उम्मेदवारले दोहोरो अङ्कको मत ल्याउन सकेका छैनन् । जिल्लामा मतान्तरण प्रतिशतको आधारमा सबैभन्दा फरक अंकको प्रतिस्पर्धा किस्पाङ–१ को दलित महिला सदस्यमा देखिएको छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार धनमाया बिश्वकर्माले ७३७ मत ल्याएर निर्वाचित हुदाँ उहाँको प्रतिस्पर्धी जनसमाजवादी पार्टीका उम्मेदवार पम्फा बिश्वकर्माले एक मत मात्रै ल्याउनुभयो ।

तपाईको प्रतिक्रिया