६६१ स्थानीय तहको नतिजा सार्वजनिक : कांग्रेसले जित्यो २९६ पालिका

  जेठ ०६, २०७९

काठमाडौं, जेठ ६ : स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ६६१ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले २९६ पालिका जितेको छ भने नेकपा (एमालेले) १८२ पालिका जितेको छ ।

यसैगरी, नेकपा (माओवादी केन्द्र) ले ११३ पालिका जित्दा नेकपा (एकीकृत समाजवादी) ले छ जनता समाजवादी पार्टीले १६ तथा अन्य पार्टीले ४८ पालिका जितेका छन् । शुक्रबार बेलुका ६ बजेसम्म निर्वाचन आयोगको केन्द्रीकृत डाटामा समाविष्ट तथ्याङ्क अनुसार नेपाली कांग्रेसले ११२ पालिकामा प्रमुख पद जितेको छ भने २३ पालिकामा अग्रता लिएको छ ।

यस्तै, नेकपा (एमाले) ले ६३ पालिकामा प्रमुख पद जितेको छ भने १६ पालिकामा अग्रता लिएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले २० पालिकामा प्रमुख पद जितेको छ भने सात पालिकामा अग्रता लिएको छ ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले छ पालिकामा प्रमुख पद जितेको छ भने पाँच पालिकामा अग्रता कायम गरेको छ। यस्तै, अन्य पार्टीले २२ पालिकामा प्रमुख पद जितेका छन् भने १३ पालिकामा अग्रता बनाएका छन् ।

गाउँपालिकातर्फ कांग्रेसले १८४ पालिकामा अध्यक्ष पद जितेको छ भने चार पालिकामा अग्रता लिएको छ। एमालेले ११९ पालिकामा अध्यक्ष पद जितेको छ भने चार पालिकामा अग्रता लिएको छ ।

माओवादी केन्द्रले ९३ पालिकामा अध्यक्ष पद जितेको छ भने तीनवटा पालिकामा अग्रता लिएको छ। जनता समाजवादी पार्टी (जसपा)ले १६ पालिकामा अध्यक्ष पद जितेर छ पालिकामा अग्रता लिएको छ। यस्तै, अन्य पार्टीले २६ पालिकामा अध्यक्ष पद जितेका छन् भने पाँच पालिकामा अग्रता लिएका छन् ।

यस्तै, कांगेसले ८४ पालिकामा उपप्रमुख पद जितेको छ भने २४ पालिकामा अग्रता लिएको छ। यस्तै, एमालेले ८४ पालिकामा उपप्रमुख पद जितेको छ भने २९ पालिकामा अग्रता लिएको छ।

माओवादी केन्द्रले २८ पालिकामा उपप्रमुख पद जितेर छ पालिकामा अग्रता लिएको छ। एकीकृत समाजवादीले आठ पालिकामा उपप्रमुख पद जितर एक पालिकामा अग्रता कायम राखेको छ। अन्यले १८ पालिकामा उपप्रमुख पद जितेका छन् भने पाँच पालिकामा अग्रता लिएका छन् ।

यस्तै, कांग्रेसले १८५ पालिकामा उपाध्यक्ष पद जितेको छ भने छ पालिकामा अग्रता बनाएको छ। एमालेले ११९ पालिकामा उपाध्यक्ष पद जितेको छ भने छ पालिकामा अग्रता लिएको छ ।

माओवादी केन्द्रले ९३ पालिकामा उपाध्यक्ष पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ। जनता समाजवादी पार्टीले १४ पालिकामा उपाध्यक्ष पद जितेको छ भने पाँच पालिकामा अग्रता बनाएको छ ।

अन्यले २६ पालिकामा उपाध्यक्ष पद जितेका छन् भने तीन पालिकामा अग्रता लिएका छन्। यस्तै, कांग्रेसले दुई हजार ४४४ वटा वडामा अध्यक्ष जितेर १८ वटा वडामा अग्रता लिइरहेको छ ।

नेकपा एमालेले एक हजार ९४० वटा वडा जित्दा १७ वडामा अग्रता लिइरहेको छ। नेकपा (माओवादी केन्द्र) ले एक हजार सातवटा वडामा अध्यक्ष जितेको छ। दुई वटा वडामा उसले अग्रता लिइरहेको छ ।

यस्तै, जनता समाजवादी पार्टीले २४८ वटा वडामा अध्यक्ष जितेको छ भने चार वटा वडामा अग्रता लिइरहेको छ। अन्यले ५३६ वटा वडा जितेका छन् भने तीन वटामा अग्रता लिएका गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया