कञ्चनपुर, जेठ ५ : कृष्णपुर नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपली कांग्रेसले अग्रता कायमै राखेको छ ।
१५ हजार २३७ मत गन्दा मेयरमा कांग्रेसका हेमराज ओझाले ५ हजार १२९ र उपमेयरमा द्रोपती रानाले ४ हजार ९४५ मतसहित अग्रता बनाएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मेयरमा पछ्याइरहेका एमालेका लोकेन्द्र प्रसाद पन्तले ४ हजार ४२९ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी रमिता रानाले ४ हजार ५६७ मत प्राप्त गरेकी छन् ।
यस्तै मेयरमा माओवादीका जोगराज चौधरीले ३ हजार ७५९ र उपमेयरमा गीता मल्ले ३ हजार ५०३ मत प्राप्त गरेकी छन् ।
९ वडा रहेको कृष्णपुर नगरपालिकाको वडा नम्बर १, २, ३, ८ र ९ को मतगणना सकिएको छ । अहिले वडा नम्बर ४ र ७ को गणना भइरहेको छ ।