काठमाडौँ, जेठ ५ : गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख दुवैमा विजयी हुनुभएको छ । प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी विजयी हुनुभएको हो । प्रमुखमा महर्जन र उपप्रमुखमा अधिकारी विसं २०७४ मा पनि विजयी हुनुभएको थियो । प्रमुखमा निर्वाचित महर्जनले १७ हजार ९२२ मत पाउनुभएको छ ।
उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का गम्भीरबहादुर रानाले १४ हजार ६७९ मत पाउनुभएको छ । उपप्रमुखमा १६ हजार १८४ मत ल्याएर कांग्रेसका अधिकारी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी रमि प्रधानाङ्गले १३ हजार ४४ मत पाउनुभएको छ ।
गोदावरी नगरपालिकामा कांग्रेसबाट वडा नं. १ को अध्यक्षमा एक हजार ४३७ मतसहित श्री राज थापा, २ मा एक हजार ४१ मतसहित मनोहर सिलवाल, ४ मा एक हजार मतसहित सानु भाई नगरकोटी, ६ मा एक हजार ४६६ मतसहित मिलन सिलवाल, ६ मा ८१८ मतसहित विष्णुमान महर्जन निर्वाचित हुनुभयो ।
यसैगरी, कांग्रेका तर्फबाट विजयी हुनेमा वडा ७ मा ८२९ मतसहित मधुरा प्रसाद शर्मा, ९ मा एक हजार ८४ मतसहित आत्मा राम थापा क्षेत्री, १० मा एक हजार ५९७ मतसहित शेखर न्यौपाने, ११ मा दुई हजार ४२६ मतसहित निल बहादुर देशार, १२ मा एक हजार ९७० मतसहित जगत बहादुर महर्जन र वडा नंं १४ मा एक हजार २६४ मतसहित निराेज बज्राचार्य विजयी हुनुभयो ।
माओवादी केन्द्रबाट वडा नंं ३ को अध्यक्षमा एक हजार ५९ मतसहित सानुराजा घिमिरे र वडा ८ मा ६५४ मतसहित शुकबहादुर लामा विजयी हुनुभएको छ । वडा नं. १३ मा एमालेका भास्कर थापा एक हजार ४९ मतसहित विजयी हुनुभयो ।