मधुवन नगरपालिकामा कांग्रेस विजयी

  जेठ ०४, २०७९

बर्दिया, जेठ ४ : मधुवन नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरप्रमुखमा कांग्रेसका तेजबहादुर भाटले नेकपा (माओवादी केन्द्र)का लक्ष्मीप्रसाद शर्मालाई पराजित गर्नुभएको हो ।

भाटले आठ हजार ७७५ तथा शर्माले सात हजार ९३१ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा कांग्रेसकी अनिता चौधरीले आठ हजार ३३५ मत तथा माओवादी केन्द्रकी शुभद्रा चौधरीले सात हजार ८९९ मत प्राप्त गर्नुभयो ।

ठाकुरबाबामा प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

बर्दियाको ठाकुरबाबा नगरपालिकाको प्रमुखमा कांग्रेस तथा उपप्रमुखमा एमाले विजयी भएको छ । नौ हजार ४२ मत प्राप्त गरी प्रमुखमा कांग्रेसका तिलकराम लम्साल विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेत्रराज आचार्यले ६ हजार ८१८ मत ल्याउनुभयो ।

यस्तै ८ हजार १७६ मत ल्याएर उपप्रमुखमा एमालेकी बिना भट्टराई विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मञ्जुकुमारी चौधरीले सात हजार ६७४ मत प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया