अत्तरिया, जेठ ४ : कैलालीको गोदावरी नगरपालिकामा बहुमत वडासहित नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्र भट्ट निर्वाचित हुनुभएको छ ।
नगरप्रमुखमा कांग्रेसका भट्ट १५ हजार ५०१ मत ल्याएर निर्वाचित हुँदा उहाँका प्रतिद्वन्द्वी एमालेका गोकर्ण भट्टले ११ हजार २२४ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी उपप्रमुखमा एमालेकी शारदादेवी रोकाया विजयी हुनुभएको छ । उहाँले १० हजार ६७० मत ल्याउनुभयो । उहाँका प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी रत्ना कडायतले नौ हजार ९८३ मत प्राप्त गर्नुभयो ।
कुल ५५ हजार ४९३ मतदाता रहेको गोदावरी नगरपालिकामा ३६ हजार ५६० मत खसेको थियो । गोदावरी एमालेका केन्द्रीय सचिव लेखराज भट्टको गृहनगर हो । यस्तै एमालेबाट मेयरका उम्मेदवार रहेका गोकर्ण भट्ट लेखराजका भाइ समेत हुन् ।