विराटनगर, जेठ ३ : सम्पत्र स्थानीय तहको निर्वाचनमा मोरङको कानेपोखरी गाउँपालिकाको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार कानेपोखरी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका राजमती इङ्गनाम आठ हजार ९७५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सञ्जय भट्टराईले छ हजार ४६ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा नेकपा एमालेका भोलाप्रसाद अधिकारी नौ हजार ५७० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनकुमारी गुरुङले सात हजार ८१८ मत प्राप्त गर्नुभएको थियो । अध्यक्ष पदमा तेस्रो स्थानमा नेकपा माओवादीका सूर्यबहादुर धिमालले चार हजार ८३३ र उपाध्यक्षमा सोही पार्टीका तारा ओझाले एक हजार ९४० मत प्राप्त गर्नुभएको थियो ।