विदेह नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

  जेठ ०३, २०७९

जनकपुर, जेठ ३ : धनुषाको विदेह नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा(एमाले)का उम्मेदवार विजयी भएका छन् । नगरपालिको प्रमुखमा एमालेका बेचन दास तत्मा चार हजार ४१२ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का राजकिशोर रोहिता यादवले तीन हजार ४२७ मत ल्याउनुभएको छ ।

यस्तै नगरपालिकाको उपप्रमुखमा एमालेकै आशा झा चार हजार ६५९ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीमादेवी महतोले दुई हजार ७८६ मत प्राप्त गर्नुभएको छ । योसँगै एमालेले धनुषाको दुई स्थानीय तहको प्रमुख र उपप्रमुख जितेको हो । यसअघि एमालेले धनुषाको औरही गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।

तपाईको प्रतिक्रिया