गोकर्णेश्वरमा कांग्रेसको अग्रता

  जेठ ०३, २०७९

काठमाडौँ, जेठ ३ : गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको जारी मतगणनामा वडा नं ५ को मत गनिसक्दा कांग्रेस नेकपा (एमाले)लाई ३०० बढी मतले पछि पार्दै अघि लागेको हो । नगरपालिकाको वडा नं ३ सम्मको मतगणनामा एमाले अघि थियो । वडा नं ४ को मतगणनामा कांग्रेसले मतान्तर घटाएको थियो ।

कांग्रेसका दीपक रिसालले छ हजार २६२ मत पाउनुभएको छ । उहाँलाई पछ्याउँदै एमालेका उद्धव विष्टले पाँच हजार ८६२ मत पाउनुभएको छ । उपप्रमुखमा पनि कांग्रेसकै अग्रता छ । कांग्रेसकी शान्ति नेपालले पाँच हजार ८५२ मत पाउनुभएको छ । उहाँलाई पछ्याउँदै एमालेका सान्नानी लामाले पाँच हजार ८३६ मत पाउनुभएको छ ।

तपाईको प्रतिक्रिया