सङ्खुवासभामा सभापोखरीमा गठबन्धन विजयी

  जेठ ०१, २०७९

किमाथाङ्का, जेठ १ : सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बू विजयी हुनुभएको छ । एमालेका रत्न सुब्बालाई ७०२ मतले पछि पार्दै लिम्बू विजयी हुनुभएको हो ।

विजेता लिम्बूले तीन हजार सात मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी सुब्बाले दुई हजार ३०५ मत प्राप्त गर्नुभएको छ । सुब्बा यसअघिका गाउँपालिका अध्यक्ष हुनुहुन्छ । उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) की लक्ष्मी चापागाईं दुई हजार ४३९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सविता बरालले दुई हजार ३७६ प्राप्त गर्नुभएको छ ।

त्यस्तै वडा १ को वडाध्यक्षमा एमालेका ईश्वर पुलामी मगरले ६६० मत ल्याएर विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धनबहादुर वुर्जा मगरले ५४८ मत प्रप्त गर्नुभएको छ । वडा २ मा एमालेका राजकुमार राईले ५८८ मत ल्याएर विजयी हुनुभएको छ । कांग्रेसका डिकप्रसाद सुवेदीले ४३३ मत ल्याएर पाराजित हुनुभएको हो । उहाँ यसअघि वडाध्यक्ष हुनुहुन्थ्यो । वडा ३ मा एमालेका दिलबहादुर तामाङले ५९९ मत ल्याएर विजयी हुनुभएको हो ।

त्यसैगरी उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विवेक घलेले ३२२ मत प्राप्त गर्नुभएको छ । वडा ४ मा कांग्रेसका शुक्रराज लिम्बूले ३४१ मत ल्याएर विजयी भएका हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन राईले २११ मत प्राप्त गर्नुभएको छ ।

वडा ५ मा कांग्रेसका मनिष लिम्बूले २३२ मत ल्यएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एस) का यमबहादुर सुब्बाले २०८ मत ल्याउनुभएको छ । सुब्बा यसअघिका वडाध्यक्ष हुनुहुन्थ्यो । वडा ६ मा नेपाली कांग्रेसका जितेन्द्र वनेम ९लिम्बू०ले ६७९ ल्याएर विजयी हुनुभएको छ भने एमाले विकास पौडेल ४५४ मत प्राप्त गरेर पाराजित हुनुभएको छ । सङ्खुवासभामा १० स्थानीय तहमध्ये आठ स्थानीय नेकपा एमाले तहमा पाँच दलीय गठबन्धन भएको थियो भने दुई स्थानीय तहमा स्वच्छ प्रतिस्पर्धा भएको छ ।

तपाईको प्रतिक्रिया