धनगढी, जेठ १ : सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता बढाउन थालेका छन्। सुरुवातदेखि नै अग्रता लिएका हमालले २ हजार ९५३ मतगणना हुँदा १ हजार ३८६ मत पाएका छन् ।
यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ८०७ मत पाएका छन्। हमाल र वडबीच ५७९ मतको अन्तर छ। यस्तै नेकपा एमालेका रणबहादुर चन्दले १४३ मत पाएका छन् ।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६८१ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४८१ मत पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो ।
शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो ।