धनगढी, जेठ १ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा माओवादी र एकीकृत समाजवादीको गठबन्धनले अग्रता लिएको छ। माओवादीबाट मेयरका उम्मेदवार नवराज ऐरले प्रारम्भिक अग्रता लिएका छन् ।
पहिलो दुई सय मत गणना हुँदा उनले ७३ मत प्राप्त गरेका छन्। नेकपा एमालेका रणबहादुर महराले ५१ र कांग्रेसका चिन्तामणि भट्टले ३७ मत ल्याएको छ ।
यस्तै उपमेयरमा नेकपा एमालेकी मोनिका भण्डारीले ५० मतसहित अग्रता लिएकी छन्। उपमेयरमा एकीकृत समाजवादीका माधवप्रसाद पन्तले ४५ र नेपाली कांग्रेसकी कल्पना कुमारी जोशीले ३३ मत प्राप्त गरेकी छन् ।