रसुवा, वैशाख ३१ : शुकबार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिमाण आउन थालेको छ । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार आमाछोदिङ्मो, उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकाको मतगणना गएरातिदेखि सुरु भएको हो।पछिल्लो जानकारीअनुसार जिल्लामा करिब तीन हजार मतगणना भइसकेको बताइएको छ ।
गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत वडा नं ४ लाङ्टाङ् केन्द्रको मतपेटिका पैदलमार्गबाट ल्याउने कार्य भइरहेकोले उक्त पालिकाको मतगणना भने आज साझदेखि सुरूहुने मुख्य निर्वाचन अधिकृत नेपालले बताउनु भयो । पाँच गाउँपालिकाका कूल ३८ हजार ५४५ मतदातामध्ये ५१ मतदान केन्द्रबाट ३० हजार चार मतदाताले मतदान गरेका थिए । तीमध्ये महिला १४ हजार ४२८ एवं १५ हजार ५७६ पुरूष मतदाता थिए । भौगोलिक विकटता र नेटवर्कको गढबढीका कारण एकीन विवरण आउन बाँकी रहेको जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिनुभयो ।