अध्यक्ष नेपालद्वारा दुर्घटनाप्रति दुःख व्यक्त

  बैशाख ३१, २०७९

काठमाडौँ, वैशाख ३१ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनको सन्दर्भमा स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको निधन भएकामा दुःख व्यक्त व्यक्त गर्नुभएको छ ।

उहाँले एक विज्ञप्ति जारी गरी शुक्रबार भएको उक्त दुर्घटनामा मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण शोकाकुल परिवारमा समवेदना दिनुभएको छ । घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत विज्ञप्तिमार्फत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया