राप्ती गाउँपालिका –९ मा माओवादीका मगर विजयी

  बैशाख ३१, २०७९

दाङ, वैशाख ३१ : स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ । राप्ती गाउँपालिका–९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी हुनुभएको छ । ७१४ मत खसेकामा उहाँले ३५८ मत प्राप्त गर्नुभएको थियो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत प्राप्त गर्नुभएको थियो । उहाँ यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित हुनुभएको थियो । राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका थिए ।

तपाईको प्रतिक्रिया