काठमाडौं, वैशाख १६ : निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मनोनयन गराएकालाई उम्मेदवारी धाकधम्की नदिन आग्रह गरेको छ ।
शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै उम्मेदवारी फिर्ता गराउन डर, धाक धम्की र धरपकड नगर्न आग्रह गरेको गरेको हो । यस्तो हर्कत् नगर्न आयोगले राजनीतिक दल, तीनका भ्रातृ सङ्गठन र सरोकारवालालाई आग्रह गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलले जानकारी दिनुभयो।
प्रवक्ता पौडेलले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उम्मेदवारी दर्ता मनोनयनका उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
उम्मेदवारलाई धम्की दिने गतिविधिले लोकतन्त्रमाथि आघात पुयाउनेसँगै संविधान र कानुन विपरीत भएको स्मरण आयोगले गराएको छ।
‘यस्ता गतिविधिले संविधान र प्रचलित कानुन बमोजिम योग्य पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् अधिकार कुण्ठिन हुनेछ’, विज्ञप्तिमा भनिएको छ।
आयोगको विज्ञप्तिमा लेखिएको छ, ‘निर्वाचनलाई प्रभाव पार्ने यस्ता गतिविधि जुनसुकै प्रकृति र मात्राका भएपनि त्यसले संविधान, कानुन र लोकतन्त्रमाथि आघात पुर्याउने भएकाले यस्ता हर्कत् नगर्न नगराउन आयोग सरोकारवालाहरु सबैप्रति आग्रह गर्दछ।’