झापामा तीन हजार जनाले गरे मनोनयन दर्ता

  बैशाख १३, २०७९

बनियानी, वैशाख १३ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा करिब तीन हजार उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

जिल्लाका १५ वटै स्थानीय तहमा नगरप्रमुख÷उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य पदमा दुई हजार ९२८ जनाले मनोनयन गरेको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेम न्यौपानेले जानकारी दिनुभयो ।

झापाको मेचीनगरमा सबैभन्दा धेरै ३३६ जनाले र सबैभन्दा कम हल्दिबारीमा ११५ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । भद्रपुरमा २५४, अर्जुनधारामा १९५, बिर्तामोडमा २२३, दमकमा १९४, गौरादहमा १८३, कनकाईमा २०४, शिवसताक्षीमा २४४, झापा ९गाउँपालिका० १७५, कचनकवलमा १७७, गौरीगञ्जमा १८८, बाह्रदशीमा १४६, बुद्धशान्तिमा १५४ र कमलमा १४० जनाले मनोनयन दर्ता गरेको कार्यालयले जनाएको छ ।

जसमध्ये नगर प्रमुख-अध्यक्षमा १३० जना, उपप्रमुख÷उपाध्यक्षमा १११, वडाध्यक्षमा ६८१ जना, महिला सदस्यमा ५०९, दलित महिला सदस्यमा ४१०, खुला सदस्यमा एक हजार ८७ ले मनोनयन दर्ता गरेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया