देउवाको गृह पालिका गन्यापधुराको अध्यक्षमा कांग्रेसबाट इन्द्र कार्की उम्मेदवार

  बैशाख १२, २०७९

काठमाडौं, वैशाख १२ : प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेर बहादुर देउवाको गृह पालिका गन्यापधुराको अध्यक्षमा कांग्रेसबाट इन्द्र कार्कीलाई उम्मेदवार बनाएको छ ।

गन्यापधुराको अध्यक्षमा इन्द्र कार्कीलाई उम्मेदवार बनाउने टुङ्गो लगाएको छ भने भोलि आधिकारिक रुपमा निर्णय गराउने पार्टीले जनाएको छ । २०७४ सालको स्थानीय तहको चुनावमा कार्की गन्यापधुरा २ को वडाध्यक्षमा निर्वाचित भएका थिए । भने गाउँपालिका अध्यक्षमा नेपाली काङ्ग्रेसबाट नवल बहादुर मल्लले जितेको थियो ।

बि.स. २०५२ साल नेविसंघदेखि राजनीति प्रवेश गरेका कार्की अहिले काङ्ग्रेस गन्यापधुरा गाउँपालिकाको सभापति पनि हुन् ।

 

गन्यापधुरा २ को वडाध्यक्षमा कांग्रेसबाट रविन्द्र पनेरु उम्मेदवार
डडेल्धुरा गन्यापधुरा २ को वडाध्यक्षमा कांग्रेसबाट रविन्द्र पनेरुलाई उम्मेदवार बनाएको छ । नेविसंघको राजनीति हुँदै पार्टीको राजनीतिमा रहेका पनेरुलाई काङ्ग्रेस पार्टीले गन्यापधुरा २ को वडाध्यक्षमा उम्मेदवार बनाएको हो । उनी डडेल्धुरा काङ्ग्रेसको जिल्ला सदस्य समेत हुन् ।

तपाईको प्रतिक्रिया