उम्मेदवारी दर्ता सुरु

  बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका १५ पालिकाका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलहरुले उम्मेदवारी मनोनयन दर्ता सुरु गरेका छन् । आज बिहान १० बजेबाट सुरु भएको मनोनयन दर्ता प्रक्रियामा चन्द्रगढीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर भद्रपुर नगरपालिकाबाट उम्मेदवार बनेका मौलिक जरोकिलो पार्टीले पहिलो मनोनयनपत्र दर्ता गरेको हो ।

मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले स्वतन्त्र रुपमा उम्मेदवार बनेका र साना दलहरुले कार्यालयमा मनोनयनपत्र दर्ता गराइरहेको जानकारी दिनुभयो । उम्मेदवारका लागि आज र भोलि मनोनयनको समय तोकिएको छ । उहाँका अनुसार जिल्लामा ३६ राजनीतिक दल निर्वाचनमा सहभागी बनेका छन् । जिल्लाका अन्य पालिकामा रहेका निर्वाचन अधिकृतका कार्यालयमासमेत उम्मेदवार मनोनयनका लागि भीड बढ्न थालेको छ ।

तपाईको प्रतिक्रिया