निःशुल्क आँखा शिविर

  बैशाख १०, २०७९

भक्तपुर, वैशाख १० : सिटी आई केयर सेन्टर मध्यपुरथिमिको प्राविधिक सहयोगमा शङ्खधर बचत तथा ऋण सहकारी संस्थाले आज मध्यपुरथिमि–४ लायकूमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

शिविरमा चिकित्सक दीपक खड्काले सेवा प्रदान गर्नुभएको थियो । शिविरमा २०० जनाले आँखा परीक्षण गराएका थिए । परीक्षणका क्रममा मोतियाविन्दु रोग देखिएका बिरामीको निःशुल्क शल्यक्रिया सिटी आई केयर सेन्टरमा गरिने जानकारी दिइएको छ ।

सहकारी संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान, आँखा शिविर, स्वास्थ्य शिविर, पाठेघर स्क्रिनिङ परीक्षणका साथै आयमूलक कार्यक्रमअन्तर्गत विभिन्न तालिम पनि निःशुल्क प्रदान गर्दै आएको छ ।

संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठले आँखा शिविरको शुभारम्भ गर्दै हरेक वर्ष सदस्य तथा स्थानीयवासीको स्वास्थ्य अवस्था सुधारका लागि यस प्रकारका कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया