शिशु कल्याण माविको पक्की भवन

  चैत २०, २०७८

गण्डकी, चैत २० : पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित शिशु कल्याण माविको पक्की भवन निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु ९१ लाख ८३ हजारको लागतमा दुईतले आठकोठे पक्की भवन बनेको हो ।

नवनिर्मित उक्त भवनको गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले भवनको शुभारम्भ गर्दै प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । स्वरोजगार सिर्जना गर्नका लागि समाजवादी शिक्षा आजको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले संस्थागत विद्यालयको विरोध गर्नुभन्दा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, पूर्वअध्यक्ष प्रवीन आचार्य, विद्यालयका सल्लाहकार डिल्ली  राम बराल, वालादेवी आमा समूहका अध्यक्ष देवी आचार्य, स्थानीय शिक्षाप्रेमी कृष्ण अधिकारी, रामचन्द्र अधिकारीलगायतले शिक्षाको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

तपाईको प्रतिक्रिया