बाली जोगाउन रातभरी खेतमै जाग्राम

  चैत ११, २०७८

सल्यान, चैत ११ : अन्नबाली जोगाउन कालिमाटी गाउँपालिका काप्रचौरका भिमसरा बुढालाई खेतमै जाग्राम बसेर रात बिताउनुपरेको छ । उहाँलार्ई खेतमा रात बिताउन रहर भने होईन, बाध्यता हो । काप्रचौरकै टेकबहादुर बिकले पनि वाह्रै महिना अन्नवाली जोगाउन हेरालो वस्नुपर्ने बाध्यता सुनाउनुभयो ।

काप्रेचौर क्षेत्र वाँके निकुन्ज क्षेत्रभित्र पर्ने बस्ती भएकाले सयौँ किसान अन्नवाली जंगली जनावरवाट यसरी नै रातभरी खेतबारीमा जाग्राम बस्नेगरेका हुन । बँदेल, बाँदर र दुम्सीले मकै, गहुँबाली‚ फलफूल, तरकारीमा क्षति पु¥याउँछन भने बाघले गोठ भित्रै आएर पशुबस्तु खाइदिने गरेको छ ।

केही किसानले वन्यजन्तुकै कारण अधिकांश स्थानीयले बाली लगाउन छाडेका छन् । स्थानीय निर्मला वुढाले अन्नबाली जंगली जनावरले खाईदिदा वर्षभरि खान पुग्ने जग्गा बाँझो हुन थालेपछि बाहिरको खाद्यान्नको भर पर्नुपरेको बताउनुभयो । उहाँकाअनुसार जंगली जनावरका कारण बालीमा क्षति पु¥याउन थालेपछि केहीले खेती गर्न छाडेको छन् ।

सरकारले २०६७ सालमा काप्रेचौरसम्म बाँके राष्ट्रिय निकुञ्जमा समेटेपछि जंगली जनावरले हैरान बनाएका छन् । मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष डम्बर पुनले राष्ट्रिय निकुञ्जसँगै मध्यवर्ती क्षेत्रमा पर्ने काप्रेचौर, ¥याङ, आम्बास, स्वयम्बास, कुसुमतरा, हाउखोला, बाटुले लगायतका स्थानियले जंगली जनावरबाट क्षति बेहोर्नुपरेको बताउनुभयो ।

उहाँकाअनुसार एकातिर निकुञ्जले वन जंगल र वन्यजन्तुको संरक्षण गरेपनि अर्कोतर्फ भने निकुन्ज क्षेत्रभित्र बसोबास गर्ने स्थानियले लगाएको बाली जोगाउन सकिएको छैन । बाघले समेत घरभित्रै पसेर गाई–बाख्रा मार्ने, मान्छेलाई आक्रमणको प्रयास गर्ने गरेको छ । निकुन्जको मध्यवर्ति क्षेत्रभित्र बन्यजन्तुलाई हानी पुग्ने कुनै पनि गतिविधि गर्न नपाइने र संरक्षण गर्नुपर्ने भएपछि वन्यजन्तुले नै मानव जीवनलाई प्रभावित बनाइरहेको छ ।

यस क्षेत्रमा ५ सय बढी घर परिवार बसोबास गर्छन् । समस्याको दीर्घकालीन समाधान खोज्न स्थानीयले माग गरेका छन् । जंगली जनावरले प्रत्येक वर्ष बालीनालीमा क्षति गर्दै आएपनि क्षतिपूर्ती पाएबम छैनन् ।

कालिमाटीमा गाउँपालिका वडा ७ भित्र निकुन्जवाट आएका जंगली जनावरले बालीेमा गरेको क्षतिको विवरण पठाए पनि राहत नपाएको गुनासो छ । कालिमाटी गाउँपालिका ७ का वडा अध्यक्ष नैनसिंह रानाले स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनै पनि किसिमको योजना ल्याउन नसकेको बताउनुभयो । उहाँकाअनुसार बालीनालीमा वन्यजन्तुले ठूलो क्षति गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया