चीनका विदेशमन्त्रीको नेपाल भ्रमण

  चैत १०, २०७८

शङ्करमान सिंह

चीनका विदेशमन्त्री वाङ यीको शुक्रबारदेखि सुरु हुने नेपालको तीन दिने औपचारिक भ्रमणले दुई देशबीचको सौहार्दपूर्ण मित्रतालाई अझ सुमधुर बनाउन सहयोग हुने अपेक्षा गरिएको छ । भ्रमणको प्रकृतिलाई लिएर धेरै अड्कलबाजी भए पनि यसले सम्बन्धित देशबीचको आपसी मित्रता, समझदारी र विश्वासको आधारलाई फराकिलो बनाउन मद्दत पुग्नेछ ।

नेपालको चीनसँग सौहार्दपूर्ण सम्बन्ध छ । हाम्रा सम्बन्धहरू शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा स्थापित छन् । एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध छ जुन हाम्रो चीन नीतिको मूलधारमा रहेको छ जबकी चीनले हाम्रो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध सभ्यताको साझा सम्पदाले समृद्ध नेपाल र चीनबीचको मित्रताको गहिरो सम्बन्ध रहेको बताउनुभएको छ । नेपाल–चीन सम्बन्ध समय–परिक्षित पारस्परिक विश्वासमा आधारित भएकाले सदियौँदेखि हामीले यो सद्भाव कायम राखेका छौँ,’ राष्ट्रपति भण्डारीले चिनियाँ दैनिक ग्लोबल टाइम्सलाई दिएको अन्तर्वार्तामा भन्नुभयो । चीनले नेपालको विकास प्रयासमा उदारतापूर्वक सहयोग गरेको छ । नेपाल पनि सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहँदै आएको छ ।

हाम्रो पारस्परिक विश्वासले हाम्रो सम्बन्धलाई धेरै हदसम्म समस्यामुक्त राख्छ । हाम्रा पारस्परिक सहयोगका क्षेत्रहरू निरन्तर विस्तार भइरहेका छन् । यो मित्रतालाई नयाँ उचाइमा पु¥याउन हामीले निरन्तर काम गरिरहनुपर्छ । नेपाल–चीन सम्बन्धमा अनगिन्ती सम्भावना छन् । राष्ट्रपति भण्डारीले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण स्मरणीय रहेको बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दुई ठूला राष्ट्र चीन र भारतको बीचमा रहेको नेपालले विकासका लागि दुवै छिमेकीको सहयोग खोज्ने र उनीहरूसँग सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्ने नीति रहेको र यो आवश्यकता रहेको बताउनुभएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नेपालले एमसीसीको निर्णय गर्नु भनेको नेपालको सार्वभौमसत्ता र स्वाधीनतामा आँच पु-याउने प्रयास भएको बताएको कुरा नेपाली प्रेसमा सार्वजनिक भएको थियो । साथै व्याख्यात्मक टिप्पणीलाई चीनले नोट गरेको सार्वजनिक भएको थियो । यसका साथै केरुङ–काठमाडौँ रेलवे परियोजना र अन्यमा तीव्र गति लिने अपेक्षा गरिएको छ । केरुङ– काठमाडौँ– पोखरा रेलवे र केरुङ–काठमाडौँ–लुम्बिनी रेलमार्गको पूर्व सम्भाव्यता भएका छलफल महìवपूर्ण छन् ।

यातायात प्रोटोकलमा हस्ताक्षरपछि दुवै देशले एक पटक प्रोटोकल लागू भएपछि यसले नेपाली व्यापारीहरूलाई तेस्रो देशको व्यापारका लागि चिनियाँ समुद्री र ल्यान्ड पोर्ट प्रयोग गर्न अनुमति दिनेछ । सम्झौताका अनुसार, नेपालले चीनको चार वटा बन्दरगाह टियानजिन, शेन्जेन, लियान्यु्ग र झान्जियाङ र तीन सुक्खा बन्दरगाह लन्झाउ, ल्हासा र शिगात्सेमा प्रयोग गर्नेछ ।

सन् २०१३ मा राष्ट्रपतिले बीआरआईको विश्वव्यापी पहललाई सिल्क रोड, आर्थिक बेल्ट र २१औँ शताब्दीको समुद्री सिल्क रोड निर्माण गर्ने विचार अगाडि सारेका थिए । हालसम्म त्यहाँ १२० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थाहरू छन् जसले यस फ्रेमवर्क अन्तर्गत चीनसँग सयौँ समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् । साथै सहभागी देशहरू ‘जीत–जीत’ नतिजा प्राप्त गर्नका लागि साझेदारीका लागि रणनीतिक तालमेल बढाउन काम गरिरहेका छन् ।
सम्पर्क विस्तार र नेपालजस्ता मुलुकको आर्थिक विकासका लागि साझा अनुभवहरू विकासको आधारभूत चिन्ता र चासो हुन् ।

पूर्वाधारको अभाव विशेष गरी कम यातायात पूर्वाधार नेपालको आर्थिक विकासको अवरोध बन्न पुगेको छ । चीनले कृषि, उद्योग, पर्यटन र अन्य क्षेत्रमा विकासका लागि प्राविधिक सहयोग र चीनको भनाइअनुसार उत्तम सडकले राम्रो जीवनतर्फ लैजान्छ भन्ने भनाइ अनुरूप चीन पूर्वाधार निर्माण, सडक, एयरपोर्ट र सुक्खा बन्दरगाहको विकासमा नेपालको सहयोगमा सहयोगी बन्न सधैँ तयार देखिन्छ ।

नेपाल बीआरआईमा प्रवेश गर्ने औपचारिकता सकियो र अब बीआरआईको सहयोगमा ध्यान केन्द्रित हुनुपर्दछ । द्विपक्षीय र क्षेत्रीय महìवका साथ केरुङलाई दक्षिण एसियाको प्रवेशद्वारका रूपमा बनाउन चीनले नेपालमा नयाँ चासो विकास गरेको छ । सबै राजनीतिक दल र व्यक्तिहरूले सामूहिक रूपमा स्वीकार गरेका छन् । सुशील कोइराला र केपी शर्मा ओलीको कार्यकालमा नेपालले एआईआईबीको संस्थापक सदस्य हुन हस्ताक्षर गरेको थियो । केपी शर्मा ओली पुष्पकमल दाहालको कार्यकालमा नेपालले ओबीओआरमा सामेल हुन हस्ताक्षर ग-यो र प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा नेपालले विस्तृत परियोजना रिपोर्ट (डीपीआर) को लागि बजेट विनियोजन गरे रेलवे लाइनहरू नेपालसम्म जडान गर्नको लागि ।

नेपाललाई उत्तर र दक्षिणबाट बढी सम्पर्कको आवश्यकता छ किनकी नेपाल पूर्वदेखि पश्चिमसम्म विस्तार भएको छ । हामीलाई जडानको आवश्यक छ । यारीदेखि मोहोना, धनगढी, दार्चुला, ट्रिङ्कर – ४१५ किमी; नेपालगञ्ज–सुर्खेत, जुम्ला, हिल्सा, यारी र पुरम – ५८१ किलोमिटर; भैरहवा, पोखरा, जोमसोम, लिसी – ४६७ किलोमिटर; रकसौल, त्रिशूली, रसुवा – २६५ किलोमिटर; वीरगञ्ज, नौबिसे, काठमाडौँ, तातोपानी, कारोम – ३९३ किलोमिटर; जनकपुर, दोल्खा, लामा बागर २९५ किलोमिटर; रानी, इटहरी, हिले, किमाथाङ्का–९१ किलोमिटर; केसना, ताप्लेजुङ, ओलान्चुगोला –४६० किलोमिटरको कनेटिविटीका लागि चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो ।
२००९ देखि चीनले ८००० भन्दा बढी नेपाली उत्पादनलाई शून्य ट्यारिफ प्रवेश सुविधा दिएकोमा सो सङ्ख्यामा कमी ल्याइएको छ किनकी ती व्यावहारिक हुन सकेनन् ।

नेपालले व्यापार घाटा कम गर्न सकेको छैन । नेपालले नूडल्स र कृषि उत्पादनहरू सहित चीनमा करिब ३७० उत्पादन निर्यात गर्दछ । नेपालले चीनमा आयोजित विभिन्न व्यापार मेलाहरू र प्रदर्शनीमा नियमित रूपमा भाग लिन्छ ।यद्यपि चीन नेपालको प्रमुख व्यापारिक साझेदार भएको छ । आधुनिक भुक्तानी विधिमार्फत व्यापारलाई प्रवद्र्धन गर्नका लागि नेपाल र चीनका केन्द्रीय बैङ्कहरूबीच सहमति भए पनि बैङ्किङ च्यानलजस्ता पत्राचार अग्रीम टीटी भुक्तान– यति धेरै अवरोध छन् जसका कारण ठूलो सङ्ख्यामा नेपाली व्यापारीले यस व्यवस्थाबाट फाइदा लिन सकेका छैनन् । एकातर्फ, नेपाल र तिब्बत बीचको व्यापार पारस्परिक हिसाबले आधारित छ । जबसम्म हामी बैङ्किङ च्यानलमार्फत बीमा, वितरण र भुक्तानी बिलसँंगै एल÷सी (लेटर अफ क्रेडिट) अभ्यास विकास नगरेसम्म व्यापार लेनदेनमा पर्याप्त वृद्धि हुने सम्भावना हुँदैन ।

चीनबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई दोस्रो ठूलो स्रोतको रूपमा लिइन्छ । कोभिड अगाडिका वर्षमा प्रतिवर्ष एक लाख ३० हजारभन्दा बढी चिनियाँ पर्यटक नेपाल आउँथे । यस्तै, नेपालमा लगानी गर्नु अहिले एक लाभदायक व्यवसाय हो । सरकार शब्दले नभई कार्यद्वारा लगानीमैत्री वातावरण कायम गर्न प्रतिबद्ध छ । नेपाल लगानीका लागि उर्वर भूमि हो । जलविद्युत्, कृषि, पर्यटन, सेवाहरू, निर्माण उद्योगलगायतका क्षेत्रमा लगानीका लागि अथाह क्षमताहरूको भूमिमा पर्याप्त सम्भावना र सम्भाव्यता छ । नेपालको लगानी बोर्ड र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रबीच कार्यगत एकता गरी कार्य गर्नुपर्ने देखिन्छ ।

चीन नेपालमा एफडीआईको सबैभन्दा ठूलो स्रोत बनेको छ । नेपालमा पनि अनुकूल वित्तीय वातावरण छ । उद्योग, ऊर्जा, भौतिक पूर्वाधार, आवास, सहरी पूर्वाधार र पर्यटनमा निजी क्षेत्रको लगानी अपेक्षित छ । कम्पनी ऐनमा हालसालैका नीतिगत सुधार, औद्योगिक व्यवसाय ऐन, श्रम ऐन, एकीकृत सम्पत्ति अधिकार नीति, एकद्वार सेवा डेलिभरी, बाफिया, इत्यादि नेपालमा व्यवसायमैत्री वातावरण सिर्जनाका लागि अनुकूल छन् ।
नेपालको कानुनले लगानी र पुनःनिवेशबाट आर्जित आयको पूर्ण फिर्ती फिर्ता लिन अनुमति दिन्छ । नेपालमा दर्ता भएका विदेशी कम्पनीले जग्गा खरिद गर्न, स्वामित्व राख्न र बिक्री गर्न सक्छन् ।

राष्ट्रिय र विदेशी लगानीकर्ताहरू बीच कुनै भेदभाव गरिएको छैन । निजी उद्योगको राष्ट्रियकरणको कुनै सम्भावना छैन । नेपालमा प्रतिस्पर्धी बनाउने अर्को कारक सस्तो श्रम शक्ति र सुधारिएको श्रम कानुन र औद्योगिक सम्बन्धको उपलब्धता हो ।जब हामी नेपाल चीन सम्बन्धको कुरा गर्छौं, स्थापित मान्यताहरू फाइदाजनक छन् । पहिलो, नीति समन्वयलाई सुदृढीकरण गर्ने र आपसी विश्वासलाई सुदृढ गर्न जुन दुई सरकारले सक्रियताका साथ वार्ता र सञ्चार गर्दछन्, दुवै देशबीच सबै तहमा उच्चस्तरको भ्रमण बारम्बार भइरहेका छन् । दोस्रोः मुलुकहरूको आर्थिक विकासका लागि कनेक्टिविटी र साझा अनुभवहरू विस्तार गर्दै लानु अनिवार्य छ । तेस्रोः विन–विन सहयोगका लागि संयुक्त रूपमा निर्माण सडकको निरन्तर व्यापारको प्रवद्र्धन भइरहेका छन् । चीन नेपालको सीमापार आर्थिक सहयोग, सम्झौता र द्विपक्षीय लगानी प्रवद्र्धन र संरक्षण सम्झौता (बीआईपीपीए) मा हस्ताक्षर गर्नु केही पक्ष हुन् जसलाई तत्काल ध्यान दिनु आवश्यक छ ।

चीनका विदेशमन्त्रीको भ्रमणका बेला नेपालले चीनको बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनादेखि पारवहनसम्मका एजेन्डालाई उठाउने तयारी गरेको छ । भ्रमणको अवसरमा चीनले अघि बढाएको बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) अन्तर्गतका परियोजना कार्यान्वयनका लागि नेपालले तयार पारेको योजनाबारे छलफल गर्ने तयारी छ । नेपालले बीआरआई सम्झौतामा हस्ताक्षर गरेको पाँच वर्ष भइसकेको छ ।

स्मरण रहोस, २०७६ असोज २५ मा चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा पनि नेपाल र चीनबीच यातायात सञ्जालसम्बन्धी भौतिकपूर्वाधार, कृषि जलविद्युत्, शिक्षा स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा १८ वटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो तर ती सम्झौता र समझदारीलाई अगाडि बढाउन दुवै पक्षबाट प्रभावकारी पहल नभएका बेला यी मुद्दालाई जोडतोडले उठाउने गरी सरकारी निकायहरूले गरेका छन् । यस भ्रमणले सम्बन्धित दुई देशहरूबीचको आपसी मित्रता, समझदारी र विश्वासको आधारलाई फराकिलो बनाउने अपेक्षा गरिएको छ । (गोरखापत्र अनलाइन)

तपाईको प्रतिक्रिया