काठमाडौँ, चैत ३ : बलात्कार आरोपित अभिनेता पल शाहविरूद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ। अभिनेता शाह विरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ ।
एक किशोरीले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले पलविरूद्ध अभियोगपत्र दायर गरेको हो ।
गैंडाकोटको एक होटलमा पल शाहले एक वर्षअघि आफूलाई बलात्कार गरेको भन्दै ्एक किशोरीको उजुरी इलाका प्रहरी कार्यालय गैंडाकोटमा परेको थियो ।
उक्त उजुरीको आधारमा सरकारी वकिलको कार्यालयले बिहीबार मुद्दा दर्ता गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अुनसार कावासोतीस्थित सरकारी वकिलले शाहलाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्ति दिनपर्ने माग दाबी गर्दै मुद्दा गर्दा गरेको हो ।