बैतडी चैत २ : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि दनपा–४ खलङ्गाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा दनपा-५ दशरथचन्दलाई ५ विकेटले स्तब्ध पार्दै खलङ्गाले उपाधि हात पारेको हो ।
खलङ्गा गत संस्करणको विजेता हो । उसले गत वर्ष पनि दशरथचन्दलाई नै ४ रनले हराउँदै उपाधि जितेको थियो । उपाधिसँगै खलङ्गाले रु ७५ हजार पुरस्कार प्राप्त ग¥यो । उपविजेता दशरथचन्दले रु ५० हजार प्राप्त ग¥यो ।
फाइनलमा दशरथचन्दले दिएको ८८ रनको सामान्य लक्ष्य खलङ्गाले १०.४ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । उसका लागि हरिश कार्कीले अविजित ५२ रनको पारी खेले । बलिङतर्फ दशरथचन्दका सुमन रावलले ३ विकेट लिए ।
त्यसअघि निङ्ग्लाशैनी खेल मैदान देहीमाडौैँमा पहिला ब्याटिङ गरेको दशरथचन्दले १६।१ ओभरमा सवै विकेट गुमाएर ८७ रन बनायो । उसका लागि आकाश रावलले १७, सुमन रावलले १४ र जगदिश चन्दले १३ रन बनाए । बलिङतर्फ खलङ्गाका गोविन्द नाथ, प्रदीप चन्द र हरिश कार्कीले ३÷३ विकेट लिए । खेलको म्यान अफ दी म्याच खलङ्गाका हरिश कार्की घोषित भएको दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी खलङ्गाका प्रदीप चन्द भए । उनले प्रतियोगिताभर व्यक्तिगत १९३ रन बनाउनुकासाथै सात विकेटसमेत लिएका थिए । यस्तै प्रतियोगिताभर १० विकेट लिएका ग्वाल्लेकका दीपक जोशी उत्कृष्ट बलर घोषित भए ।
विजेता तथा उपविजेता टोलीलाई नेपाल क्रिकेट सङ्घ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्द, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, उपप्रमुख मीना चन्द, नगर क्रिकेट समितिका संयोजक रमेश भट्टलगायतले पुरस्कार वितरण गरे ।
दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा गत फागुन २५ देखि सञ्चालन भएको प्रतियोगितामा ११ टोली सहभागी थिए । नगरपालिकाले वार्षिक कार्यक्रममा राखेर हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।